क्यान इन्फोटेक २०२१ स्थगित

काठमाडौं, ६ चैत । कोभिड १९ का कारण क्यान इन्फोटेक २०२१ स्थगित भएको छ ।

बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न हुने भनिएको इन्फोटेक २७ औं संस्करण कोरोनाको दोस्रो लहरका कारण स्थगित भएको हो ।

महासंघको आइतबार बसेको केन्द्रीय कार्यसमिति बैंठकले अर्को निर्णय नभए सम्मको लागि हाललाई स्थगित गर्ने निर्णय गरेको क्यानले जनाएको छ ।

काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापकरुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई ध्यानमा राख्दै मेला स्थगित गरिएको क्यानले जनाएको छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले सन् १९९५ देखि वर्षेनि आयोजना हुँदैको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here