नेप्से ३७.५८ अंकले घट्यो, धेरै गुमाउनेमा चन्द्रागिरि हिल्सका शेयरधनी

काठमाडौं, ६ बैशाख । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । सोमाबार नेप्से ३७.५८ अंकले घटेर २६६१.९३ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१३ कम्पनीको ६ अर्ब ७६ करोड६८ लाख १ हजार २२४ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७६८ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ११ वटा समूहको परिसूचक राताम्मे भएका छन् ।

कारोबारमा आएका २१३ कम्पनीमध्ये २३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

बैंकिङ ३४, ब्यापार १०७, होटल तथा पर्यटन २४० , विकास बैंक ५६, फाइनान्स १६, निर्जीवन बीमा २१९, उत्पादन ४१, अन्य २६, जीवन बीमा १२९ अंकले घटेका छन्। जलविद्युत ३ र माइक्रोफाइनान्स ६ अंकले बढेको छ ।

कारोबार भएका २ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । आज सर्वाधिक शेयर बढ्नेमा महिला लघुवित्त वित्तिय संस्था, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

कारोबारका रकमका आधारमा नागरिक लगानी कोष अग्रस्थानमा रह्यो। सो कम्पनीको २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य करिब ३ प्रतिशतले घटेर ३९९४ रुपैयाँ कायम भएको छ।

त्यस्तै एचआइडिसिएस कम्पनीको २४ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य भने करिब ५ प्रतिशत बढेर ४७९ रुपैयाँ कायम भएको छ।

निफ्रा, एनआइसी एसिया लघुवित्त र माथिल्लो तामाकोसी पनि कारोबार रकमका आधारमा अगाडि रहे। तीमध्ये तामाकोसीको मूल्य २ प्रतिशतले बढेको छ भने अरु दुईको सामान्य घटेको छ।

चन्द्रागिरि हिल्सका शेयरधनीले आज सबैभन्दा धेरै ९.८० प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here