शेयर बजारमा पहिरो जाँदा ‘निफ्रा’ लगानीकर्ताको रोजाइमै, कति भयो कारोबार ?

काठमाडौं, ६ बैशाख । शेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । आइतबार करिब ३६ अंकले घटेको बजार सोमबारपनि सोभन्दा बढी अंकले ओरालो लागेको हो । पछिल्लो दुई दिनमा बजार ७३ अंकले घटेको छ ।

गतसाता दैनिक नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारमा आजपनि दोहोरो अंकको करेक्शन आएसँगै लगानीकर्ता आत्तिन थालेका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब २ अर्ब रुपैयाँले घटेको छ । आज कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा पहिलो नम्बरमा नागरिक लगानी कोषको शेयर परेको छ ।

त्यसदिन नागरिक लगानी कोषको २८ करोड ३८ लाख ५६ हजार १९७ रुपैयाँ बराबरको ७१ हजार ४४ लाख कित्ता शेयर खरिद–बिक्री भएको छ।

कारोबार रकमकै आधारमा एचआइडीसीएल दोस्रो नम्बरमा रहेको छ । त्यसदिन एचआइडीसीएलको २४ करोड ६२ लाख ५८ हजार १०६ कित्ता शेयर खरिद–बिक्री भएको छ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर कारोकारको तेस्रो नम्बरमा परेको छ । त्यसदिन निफ्राको २३ करोड ९३ लाख ६० हजार ८४१ रुपैयाँ बराबरको ४ लाख ११ हजार ७३८ कित्ता शेयर खरिद–बिक्री भएको छ।

५८५ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेगर ४ रुपैयाँ घट्दै ५८१ रुपैंयाँमा कारोबार बन्द भएको छ ।

नेप्से ३७.५८ अंकले घट्यो, धेरै गुमाउनेमा चन्द्रागिरि हिल्सका शेयरधनी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here