नेपालले मलेसियालाई ९ विकेटले हरायो, कुशलको लगातार अर्धशतक

काठमाडौं,६ बैशाख । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मलेसियामाथि शानदार जित हात पारेको छ । नेपालले दोस्रो खेलमा मलेसियालाई ९ विकेटले हराएको हो ।

टियु क्रिकेट मैदानमा ११० रनको लक्ष्य पछ्याएको नेपालले १२.१ ‌ओभरमै भेट्टाएको थियो। नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट प्रदर्शन गरे ।

आशिफ ११.१ ओभरमा ४२ रन बनाएर आउट भएका थिए। तेस्रो विकेटका लागि आएका दीपेन्द्र सिंह ऐरीले ६ रन बनाए। नेपालका लागि नायक बनेका कुशलले सर्वाधिक ६१ रन बनाएका थिए। उनले ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका थिए।

यसअघि मलेसियाले १६।५ ओभरमा १०९ रन बनाएर आलआउट भएको थियो। टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसीले तीन विकेट लिएका थिए। त्यस्तै सन्दीपले दुई र बाँकी सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, साहब आलम र कुशल मल्लले एक एक विकेट लिए।

यसअघिको खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो भने मलेसिया नेदरल्यान्ड्ससँग पराजित भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here