धितोपत्र बजार र बस्तु विनिमय बजारमा फरक के ?

काठमाडौं । धितोपत्र बजार र बस्तु विनिमय बजार पूर्ण रुपमा भिन्दा भिन्दै किसिमका वित्तीय बजार हुन । धितोपत्र बजारमा संगठित संस्थाका सूचिकरण भएका धितोपत्रहरु कारोवार हुन्छ ।

यो बजारको प्रमुख नियमनकारी निकायको रुपमा नेपाल धितोपत्र बोर्ड रहेको छ भने हालसम्म धितोपत्र बजारको दोस्रो बजारको रुपमा नेपाल स्टक एक्सचेन्ज लि. ले कार्य गरिरहेको छ ।

यस्तै, वस्तु विनिमय बजारको नियमनकारी निकायसमेत नेपाल धितोपत्र बोर्ड रहेको छ र यो बजारको संचालकको रुपमा बोर्डबाट अनुमति प्राप्त विभिन्न कमोडिटिज एक्सचेन्जहरुले कार्य गर्दछन ।

वस्तु विनिमय बजारमा वस्तु करार मात्र खरिद बिक्री गर्न सकिन्छ भने धितोपत्र बजारमा संगठित संस्थाका सूचीकृत धितोपत्रमात्र खरिद बिक्री गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here