मास्क नलगाए सार्वजनिक यातायात चढ्न नपाइने

काठमाडौं, ६ चैत । अबदेखि मास्क नलगाए सार्वजनिक यातायात चढ्न नपाइने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सुनाउँदै प्रवक्ता पार्वत गुरुङले उक्त जानकारी दिएका हुन् । यदि मास्क नलगाए सहचालकले नै १० रुपैयाँ लिएरु मास्क दिनुपर्ने निर्णय गरेको जानाकारी दिए ।

उनका अनुसार गाडी सम्बन्धित ठाउँमा नपुग्दासम्म बीचमा यात्रु चढाउन नपाइने व्यवस्था पनि गरिएको छ ।

त्यसैगरी गाडीलाई नियमति सेनिटाइज गर्नुपर्ने ,चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाइ यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय बैठकले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here