सिटिजन्स बैंकको खुद मुनाफमा छलाङ, वितरणयोग्य कति ?

काठमाडौं, ७ बैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिटिजन्स बैंकको खुद नाफा ४१।६१ प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ९ करोड नाफा कमाएकोमा चालु आवको तेस्रो त्रैमासमा बैंकको नाफा बढेर १ अर्ब ५४ करोड पुगेको हो ।

यो गत आवको सोही अवधिको तुलनामा ४५ करोड रुपैयाँ बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकले १ अर्ब ९ करोड १२ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको ब्याज आम्दानी, संचाालन मुनाफा बढेसँगै खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.१९ प्रतिशतले बढेर २ अर्ब ५४करोड ८ लाख २० हजार रुपैयाँमा पुगेको छ ।

गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब २४ करोड ४८ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसैगरी, बैंकको सञ्चालन मुनाफा २९.३८ प्रतिशतले बढेर १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब २७ रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल ११ अर्ब ६६ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ४६ करोड रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६.०१ रुपैयाँबाट बढेर १७.६७ रुपैयाँ पुगेको छ । खुद नाफा बढेसँगै बैंकको खराब कर्जा ०.९७ प्रतिशतबाट बढेर १.८३ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४४६.८७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.४५ प्रतिशत, बेसरेट ७.४४ प्रतिशत र सीसीडी रेसियो ७८.१३ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here