चार बैंकको निक्षेप संकलन दुई खर्ब माथि, सबैभन्दा अगाडि एनआईसी एसिया

काठमाडौं, ७ बैशाख । चालु आर्थिक वर्षमा सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा चारवटा बैंक रहेका छन् ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको ९ महिना (चैत मसान्तसम्म) मा एनआईसी एसिया , ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य बैंक र नबिलले दुई खर्बबढी निक्षेप संकलन गरेका छन् ।

जस अनुसार सबैभन्दा धेरै एनआईसी एसिया बैंकको रहेको छ । चैतसम्म एनआईसी एसियाले २ खर्ब ९५ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

एनआईसी एशियाले पछिल्लो ३ महिनामा १८ अर्ब ३१ करोड निक्षेप बढाएको हो । चैतमा मात्रै एनआईसी एसियाको ८ अर्ब २४ करोड रुपैयाँ निक्षेप बढेको छ ।

ग्लोबल आइएमई बैंकको निक्षेप बढेर चैतसम्म २ खर्ब ५८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । ९ महिनाको अवधिमा बैंकले ३१ अर्ब ३९ करोड रुपैयाँ निक्षेप बढाएको हो ।

तेस्रो स्थानमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप २ अर्ब ४३ करोड ७२ लाख रुपैयाँ, चौथो स्थानको नबिलको निक्षेप २ खर्ब १४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।

यस्तै सबैभदा कम निक्षेप संकलन गर्नेमा नेपाल बंगलादेश बैंक भएको छ । नेपाल बंगलादेशले ७५ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

यस्तै कर्जा लगानीमा पनि एनआईसी एसिया नै अघि देखिएको छ । चैतसम्म एनआईसी एसियाले २ खर्ब ५९ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

ग्लोबल आईएमई बैंकले २ अर्ब ३५ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा नबिलले १ खर्ब ९३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

निक्षेप परिचालनको जस्तै कर्जा प्रवाहमा पनि नेपाल बंगलादेश बैंकको सबैभन्दा कम छ । जसले चैतसम्म ६८ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here