चलनचल्तीमा रहेका कतारी रियाल बैशाख २७ भित्र साटिसक्न राष्ट्र बैंकको आग्रह

काठमाडौं, ७ बैशाख । नेपाल राष्ट्र बैंकले कतारको केन्द्रीय बैंकले निष्काशन गरेका हाल चलन चल्तीमा रहेका कतारी रियालका नोटहरू हटाउने भएको छ ।

मंगलबार बैकले एक सूचना जारी गर्दै बैशाख २७ पछाडि उक्त संस्करणका कतारी रियाल नोटहरू सटही नहुने जानकारी गराएको हो ।

प्रचलित व्यवस्था बमोजिम बैंकको बैंकिङ्ग विभाग, बैकिङ्ग कारोबार गर्ने यस बैंकका प्रदेशस्थित कार्यालयहरु, विदेशी विनिमयको कारोबार गर्न राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था, वा परिवर्त्य विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र प्राप्त मनिचेञ्जरहरुबाट सटही गर्न तथा गराउनका बैंकले आग्रह गरेको छ ।

उक्त मिति २०२१ जुलाई १ पश्चात त्यस्ता बैंक नोटहरु सटही गर्न यस बैंक लगायत इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र मनिचेञ्जरहरु बाध्य नहुने राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here