सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने ठूलो गिरावट

काठमाडौं, ७ बैशाख । शेयर बजार सामान्य अंकले बढेको छ । दुई दिनमा ७३ अंकले घटेको बजारमा मंगलबार न्यून अंकको सुधार आएको हो ।

मंलगबार बजार मापक सूचक नेप्से २.६८ अंकले बढेर २६६४.६१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० रुपैयाँ बराबरको १ करोड २३ लाख ६९ हजार ५०१ कित्ता सेयर किनबेच भएका छन् ।

सोमबार कारोबारमा आएका १३ वटा समूहमध्ये ९ समूहको परिसूचकमा हरियाली छाएको छ भने ४ समूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५३।९८ अंकले बढेको छ भने निर्जीवन बीमा समूह २४.५३ अंकले घटेको छ ।

आज कारोबारमा आएका २१६ कम्पनीमध्ये १२० कम्पनीको शेयर मूल्य बढेको छ भने ६७ कम्पनीको मूल्यमा गिरावट आएको छ । २७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक १९ करोड र नबिल बैंक १५ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

झिनो अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । युनाइटेड मोदी हाइडोपावर, महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स र हिमालयन ऊर्जा कम्पनीका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here