कोरोना रोकथामका लागि जिप्रका काठमाडौंको १३ बुँदे निर्देशन, पालना नगरे कारबाही

काठमाडौं, ७ बैशाख । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १३ बुँदे सूचना जारी गरेको छ । संक्रमणको दर तीव्र बढ्दै गएपछि विभिन्न क्षेत्रमा कडाइसहित सूचना जारी गरेको हो ।

सूचनामा विद्यालयहरूमा भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्न, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर आदिमा मानिसहरूको भीडभाड हुने सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्न आग्रह गरेको छ ।

प्रशासन कार्यालय तोकेको स्वास्थ्य मापदण्डको पालना नगरिए संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी समेत दिएको छ।

त्यस्तै सार्वजनिक यातायातमा मास्क अनिवार्य गर्न र सिट क्षमताभन्दा बढी यात्रु नराख्न आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here