पछिल्लो २४ घण्टामा १७३६ जनामा कोरोना संक्रमण पुष्टी, ११ जनाको मृत्यु

काठमाडौं, ७ बैशाख । पछिल्लो २४ घण्टामा १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५५ जनाको पीसीआर परीक्षणबाट १६६७ जना र ६८३ एन्टिजेन परीक्षणबाट ६९जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८७ हजार ५६७ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २५१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७५ हजार ८०६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

संक्रिय संक्रमितको संख्या ८ हजार ६५९ जना रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ११ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१०२पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here