मध्यभोटेकोशीले पायो आइपीओ निष्काशनको अनुमति

काठमाडौं, ७ चैत । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले प्राथमिक साधरण शेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

जस मध्ये स्थानीयवासीका लागि १० प्रतिशतले हुन् आउने ६० लाख कित्ता र सर्बसाधारणको लागि १५ प्रतिशतले हुन् आउने ९० लाख कित्ता गरी कुल १ करोड ५० लाख कित्ता शेयर निष्काशन हुने छ ।

म्युचुअल फण्ड र आयोजनाका कर्मचारीलाई छुट्याएर बाँकी रहने शेयर करिब १४ लाख जनाले १० कित्ताका दरले शेयर पाउने छन् ।

आइपीओ जारी गर्न कम्पनीले यसअघि नै ग्लोबल आइएमई क्यापिटललाई शेयर निष्काशन तथा विक्री प्रबन्धमा नियुक्त गरिसकेको छ ।

आयोजनाले हाल सिन्धुपाल्चोकको भोटेकोशीमा १०२ मेगावाट क्षमताको आयोजना बनाइ रहेको छ । आयोजनाको कुल लागत १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको मध्यभोटेकोशी आयोजना निर्माण गरिरहेको छ । यो कम्पनीमा चिलिमेको मुख्य लगानी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here