सीईडीबी हाइड्रोपावरले बैशाख १७ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं, ८ बैशाख । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यही वैशाख १७ गतेदेखि प्राथमिक साधरण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ दरले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आइपीओ जारी गर्न लागेको हो ।

निष्काशन हुने कुल सेयरमध्ये ५ प्रतिशत (१ लाख २५ हजार ९११ कित्ता) सामूहिक लगानी कोष र २ प्रतिशत (५० हजार ३६५) कित्ता आयोजनाका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन पाइन्छ । सो अवधिमा सबै सेयर विक्री नभएका ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन पाइन्छ । कम्पनी सेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापीटल रहेको छ ।

कम्पनीले हाल चार वटा हाइड्रोपावर आयोजना निर्मण गरिरहेको छ । कम्पनीले ११ मेगावाटको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी पहिलो, ५ मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा हाइड्रोपावर निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here