मञ्जुश्री फाइनान्सको खुद नाफा ९४.१६ प्रतिशत बढ्यो

काठमाडौं, ८ बैशाख । मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

मंगलबार प्रकाशित विवरण अनुसार विवरण अनुसार फाइनान्सको खुद नाफामा उल्लेखिय बृद्धि देखिएको छ ।

प्रकाशित विवरण अनुसार विवरण अनुसार फाइनान्सको खुद नाफा नाफा ९४.१६ प्रतिशतले बढेको छ । आघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १९ करोड ३२ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा बढेर ३७ करोड ५१ लाख पुगेको हो ।

यस अवधिमा कम्पनीको कम्पनीको गैर संचालन आम्दानी ४३ करोड १३ लाख रहेको छ । गैर संचालन आम्दानी ठूलो भएपछि कम्पनीको नाफा आकर्षण देखिएको हो । यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा २८ करोड २१ लाख रहेको छ ।

यस अवधिमा कम्पनीको निक्षेप ४३.०६ प्रतिशतले बढेर ८ अर्ब ३६ करोड पुगेको छ भने कर्जा प्रवाह ७.७३ प्रतिशतले बढेर ६ अर्ब ३३ करोड पुगेको छ । कम्पनीको खुद ब्याज आम्दानी १.५८ प्रतिशतले घटेर २८ करोड ६५ लाख पुगेको छ ।

९६ करोड ५३ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ६६ करोड ५१ लाख रहेको छ । कम्पनीको खराब कर्जा २.५७ प्रतिशतबाट बढेर ३.४३ प्रतिशत पुगेको छ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५१.८२ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १६८.९४ रहेको छ । फाइनान्सको चुक्ता पूँजी चैत मसान्तसम्ममा ९६ करोड ५३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै फाइनान्सको जगेडा कोष बढेर ६६ करोड ५१ लाख रुपैयाँ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here