महिला लघुवित्तको शेयर मूल्य तीन सातामै चार गुणा बढ्यो, किन्नेको ओइरो कायमै

काठमाडौं, ८ बैशाख । महिला लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको । बुधबार १२ बजेसम्ममा महिलाको शेयर मूल्य ९.९६ प्रतिशत बढेर सर्किट लागेको हो ।

कम्पनीको शेयर मूल्य १६० रुपैयाँ बढेर १७६६ रुपैयाँमा कारोबार भैरहेको छ । शेयर किन्नेको ओइरो लागेको छ भने बिक्रीकर्ता भने शून्य नै देखिएको छ ।

अहिले शेयर हात पार्न सके केही हप्तामै मनग्ये नाफा कमाउन सकिने भएकाले लगानीकर्ता यसरी झुम्मिएका हुन् । वित्तीय संस्थाको शेयर मूल्य २२ कारोबार दिनमै चार गुणाले बढेको छ ।

गत चैत ३ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको लघुवित्तको शेयर मूल्य २२ कारोबार दिनमा बढेर चौब्बर भएको छ । ४३८ रुपैयाँमा पहिलो कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य चार गुणाले बढेर आज प्रतिकित्ता १७६६ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here