धितोपत्र व्यवसायीलाई सेवा प्रवाह गर्दा सवाधानी अपनाउन सेबोनको ६ बुँदे निर्देशन

काठमाडौं, ८ बैशाख । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ६ बुँदे निर्देशन जारी गरेको छ ।

नेपालमा दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि धितोपत्र बजार तथा सम्पूर्ण धितोपत्र व्यवसायीलाई सेवा प्रवाह गर्दा सवाधानी अपनाउन आग्रह गर्दै बोर्डले ६ बुँदे निर्देशन जारी गरेको हो ।

बोर्डले सकेसम्म सेवा प्रवाह गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न गराउन आग्रह गरेको छ । कार्यालय स्थलमा सेवाग्राही तथा कर्मचारीहरुलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्न गराउन निर्देशन दिएको छ।

बोर्डले कार्यालय हाताभित्र २५ जना भन्दा बढि नहुने गरि सेवा दिन, सेवाग्राहिबीच दुई मिटरको भौतिक दुरी कायम हुने तरिकाले सेवा प्रवाहको व्यवस्था मिलाउन तथा सभा, सम्मेलन,गोष्ठि, सेमिनार, बैठक, तालीम, प्रशिक्षण जस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्न अनुरोध गरेको छ ।

नेपाल सरकारले तोकेको जनस्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण पालना गर्न गराउन पनि बोर्डले निर्देशन दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here