अख्तियारले ‘स्टिङ अपरेसन’ गर्न नपाउने

काठमाडौं, ८ बैशाख । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ‘स्टिङ अपरेसन’’ नगर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासले बुधबार उक्त आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा घुस रकमसहित पक्राउ गर्न स्टिङ अपरेसन गर्दै आएको थियो ।

अधिवक्ता विष्णु्प्रसाद घिमिरेले २०७४ पुस २ गते अख्तियारको स्टिङ अपरेशन रोक्न माग गर्दै सार्वजनिक सरोकारको रिट निवेदन दायर गरेका थिए। उक्त रिटमा २०७४ पुस ७ गते पहिलो सुनुवाई भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here