कोरोना खोप लगाउनेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट

काठमाडौं, ८ बैशाख । कोरोना खोप लगाउनेहरूलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुट मिल्ने भएको छ । उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर कम्पनीले खोप लगाइसकेका आगन्तुकलाई केवलकार यात्रामा साे मात्राकाे छुटको सुविधा दिएको जनाएको छ ।

कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्वनमा सचेतना अभिवृद्धि गर्ने कार्यमा यो योजना सहयोगी हुने कम्पनीको ठहर छ । यो योजना वैशाख ९ गतेदेखि जेठ १७ सम्म लागु हुने कम्पनीले जनाएको छ ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरी डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here