दोहोरो अंकले घट्यो नेप्से, लगानीकर्ताको रोजाइमा ‘निफ्रा’

काठमाडौं, ८ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । मंगलबार सामान्य अंकले बढेको नेप्से बुधबार ३२.४१ अंकले घटेर २६३२.२१ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१४ कम्पनीको ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार २०३ रुपैयाँ बराबरको १ करोड ३७ लाख ८७ हजार २१८ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये १वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने १२ वटा समूहको परिसूचक राताम्मे भएका छन् ।

कारोबारमा आएका २१४ कम्पनीमध्ये २१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५० कम्पनीको मूल्यमा गिरावट आएको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

बैंकिङ २४, ब्यापार १, होटल तथा पर्यटन २०, विकास बैंक ६१, जलविद्युत २९, फाइनान्स २०, निर्जीवन बीमा १५४, उत्पादन ८२, अन्य १७, माइक्रोफाइनान्स ५६ र जीवन बीमा १४५ अंकले घटेको छ ।

कारोबार भएका ४ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । आज पोजेटिभ सर्किट लाग्नेमा ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त वित्तिय संस्था, हिमाल दोलखा हाइड्रोपावर र ग्रीन डेभलपमेन्ट बैंक कम्पनी रहेका छन् ।

लागानीकर्ताको रोजाइमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक को शेयर परेको छ । ‘निफ्रा’को शेयर कारोकारको पहिलो नम्बरमा परेको छ । त्यसदिन निफ्राको २५ करोड ४५ लाख ९८ हजार ६३९ रुपैयाँ बराबरको ४ लाख ४४ हजार २९० कित्ता शेयर खरिद–बिक्री भएको छ।

हिमाल दोलखाको २२ करोड रुपैयाँ बराबरको कारोबार भयो। नागरिक लगानी कोष, मञ्जुश्री फाइनान्स र अपी पावर पनि कारोबारका आधारमा अगाडि रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here