घर बाहिरको खानामा रोग प्रतिरोधक क्षमता कम, बिरामीको पनि खतरा !

काठमाडौं, २५ चैत । प्रायः मानिसहरु होटल वा घरबाहिरकै खानेकुरा खान मन पराउँछन् । कतिपयका लागि परिवार र साथीसँग होटलमा खान खानु बाध्यता हो भने कतिपयका लागि यो एउटा सौख हो ।

होटलमा पाइने खानाको विविधता र आफ्नो स्वादअनुरुपका परिकारको उपलब्धता जस्ता कारणले मानिसहरु होटलमा खान उत्साहित हुने गरेका छन् ।

एक्लै घरबाहिर बस्ने व्यक्तिहरुका लागि भने बाहिर खाना खानु बाध्यता हुन्छ । घरपरिवार भन्दा टाढा बस्ने, विभिन्न प्रकारका मजदुरी गर्ने मानिसहरुलाई घरबाहिर खाना खानु बाध्यता नै हुन्छ ।

तर, दैनिक रुपमा घर बाहिरको खाना खाजा खानु हाम्रो स्वास्थ्यको लागि फाइदाजनक होइन् । यदि तपाईं पनि साथी वा परिवारका अन्य सदस्यहरुसँग घरभन्दा बाहिर धेरै खाना खानु हुन्छ भने तपाईंले आफ्नो बानी सुधार गर्नु आवश्यक छ ।

नियमित रुपमा होटल वा अन्य कुनै रेष्टुरेन्टमा खाना खानु स्वास्थ्यको लागि राम्रो मानिंदैन् । बाहिरको खानाको कारण हाम्रो शरीरमा विभिन्न प्रकारका रसायनको मात्र बढ्छ र स्वास्थ्यमा गडबडी देखा पर्न सुरु हुन्छ ।

घरबाहिरको खानाले हाम्रो शरीरको प्राकृतिक हर्मोनको सन्तुलनलाई पनि प्रभावित पार्दछ । यसका साथै अन्य घर बाहिरका खानामा पाइने केही यस्ता तत्वहरु छन् जसले हाम्रो स्वास्थ्यमा प्रभाव पार्छ ।

१. कम स्वस्थकर

यदि तपाईं रेष्टुरेन्ट वा अन्य स्थानको खानाहरु खान मन पराउनुहुन्छ भने ती खानाहरु कम स्वस्थकर हुन्छन् । यस्ता खानाहरु घरको खाना जस्तो स्वच्छ हुँदैनन् । त्यसका साथै होटलका खानामा स्वाद बढाउन र आकर्षक देखाउन विभिन्न प्रकारका केमिकलहरुको प्रयोग गरिन्छ जसको कारण फुड प्याइजनिङ जस्ता समस्याहरु पनि देखा पर्छन ।

२. धेरै नुन र चिनी

प्रायः बाहिरका खानामा धेरै माात्रामा चिनी तथा नुन हुने गर्छ । यो स्वास्थ्यको लागि सबैभन्दा खतरनाक हुन्छ । अचार, चिया तथा अन्य प्रकारका खानेकुरा बनाउँदा चिनी र नुन धेरै मात्रामा प्रयोग हुने गर्छ ।

३. धेरै क्यालोरी

घर बाहिरको खाना तथा खाजामा तेलको मात्रा धेरै हुन्छ । जसमा क्यालोरीको मात्रा पनि ज्यादा हुन्छ । यसरी धेरै मात्रामा क्यालोरी खाँदा अनावश्यक रुपमा तौल वृद्धि हुने समस्या हुने गर्छ ।

४. बाहिरको खाना धेरै खाइन्छ

बाहिरको खानाहरु विभिन्न प्रकारका मसलाहरुको प्रयोगको कारण मिठो हुने हुँदा स्वादकै कारण पनि मानिसहरु धेरै खाने गर्छन् । त्यसका कारण तौल वृद्धि हुने, ग्याष्ट्रिक हुने जस्ता समस्याहरु देखा पर्छन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here