एकैदिन २३५१ जनामा कोरोना संक्रमण पुष्टी, १०५१ जना उपत्यकामा थपिए

काठमाडौं, ८ बैशाख । पछिल्लो २४ घण्टामा २३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८८४ जनाको पीसीआर परीक्षणबाट २२२० जना र ८०३ एन्टिजेन परीक्षणबाट १३१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

जसमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here