बैंक तथा वित्तीय संस्थाको प्राथमिकतामा परेन् शैक्षिक प्रमाणपत्र धितो कर्जा

काठमाडौं, ८ बैशाख । शैक्षिक प्रमाणपत्र धितो राखेर १ सय ३२ जना शिक्षित युवाले मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा पाएका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार सो कार्यक्रम लागू भएपछि चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले १३२ जना युवालाई कुल ६ करोड १६ लाख कर्जा स्वीकृत गरेका छन् ।

गत असारको तुलनामा पुससम्म थप ४१ जनाले मात्र यस्तो ऋण पाएको देखिन्छ । कार्यक्रमबारे धेरैलाई जानकारी नै नभएको र भएकालाई पनि बैंक तथा वित्तीय संस्थाले प्राथमिकता नदिँदा यो प्रभावकारी नभएको जानकारहरू बताउँछन् ।

सरकारले निर्धारण गरेको विभिन्न १० शीर्षकमा चालु आवको फागुन मसान्तसम्म ७६ हजार ११९ जना ऋणीले सहुलियतपुर्ण कर्जा लिएपनि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिनेको प्रभावकारिता न्यून देखिएको हो ।

शिक्षित युवा स्वारोजगार शीर्षकमा ब्याज अनुदानमा सहुलियत कर्जामा लिनका लागि तोकिएको मापदण्ड पूरा गर्न नसक्दा युवाले कर्जा नलिन सकेको सरोकारवाला बताउँछन् ।

उक्त कर्जा लिनको लागि सक्कल प्रमाणपत्र नै बैंकमा धितो राख्नु पर्ने व्यवस्था रहेको छ । युवाहरुलाई भविष्यका लागि प्रगतिमा अघि बढ्न अन्य निकायमा आफ्नो शैक्षिक प्रमाणपत्रको सक्कल प्रमाणपत्रको आवश्यकता धेरै पर्ने हुँदा नै उनिहरु यसतर्फ आर्कषित भएको हुनसक्ने देखिन्छ ।

शिक्षित युवा स्वरोजगार कर्जा लिनका लागि कार्यविधिले १८ वर्ष पूरा ४० वर्ष ननाघेको युवा हुनुपर्ने व्यवस्था गरेको छ । सरकारको निर्देशनअनुसार राष्ट्र बैंकले ०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here