भारतमा कोरोना संक्रमणको अवस्था भयावह, एकैदिन ३ लाख १६ हजार संक्रमित थपिए

काठमाडौं, ९ बैशाख । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको अवस्था भयावह बनेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १६ हजार मानिसमा कोरोना भाइरसको संक्रमण

यो सँगै भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५९ लाख २४ हजार नाघेको छ । संक्रमण दर बढेसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा २ हजार १ सय २ जनाको मृत्यु भएको छ ।

भारतमा दैनिक संक्रमितको संख्या १ लाखबाट तीन लाख पुग्न जम्मा १७ दिन लागेको छ । अप्रिल ४ मा पहिलो पटक दैनिक सङ्क्रमितको संख्या १ लाख पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here