ज्योति लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, ९ बैशाख । ज्योति लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

विहिबार कारोबार खुलेको १ मिनेट ११ बजेर १ मिनेटमै कम्पनीको शेयर मूल्य ९.९३प्रतिशत बढेर सर्किट लेभलमा पुगेको हो ।

कम्पनीको शेयर मूल्य ८२ रुपैयाँ बढेर ९०८ रुपैयाँमा कारोबार भैरहेको छ । शेयर किन्नेको ओइरो लागेको छ भने बिक्रीकर्ता भने शून्य नै देखिएको छ । यो लगातार १० औं दिन लागेको पोजेटिभ सर्किट हो ।

कम्पनीले फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । जसमा भाग्यमानी ५ लाख ९४ हजार जनाले गोलप्रथाबाट १० कित्ताका दरले सेयर पाएका थिए भने १२ लाख ३ हजार ८३५ जनाको हात रित्तो भएको थियो ।

आइपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here