बैंक तथा वित्तीय संस्थाबारे कुनै गुनासो छ ? यसरी गर्नुहोस् अनलाइनबाटै दर्ता

काठमाडौं, ९ बैशाख । नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थासँग कारोबार गर्ने ग्राहकहरूको गुनासो सुन्न नयाँ पोर्टल सञ्चालनमा ल्याएको छ ।

राष्ट्र बैंकबाट अनुमति लिएका वित्तीय संस्थाहरूका सेवाग्राहीको गुनासो सुन्न र समाधान गर्न पोर्टल शुरू गरेको हो ।

वित्तीय ग्राहकको हित सरंक्षण गर्न, गुनासो सुनुवाइ गर्न तथा वित्तीय सेवा प्रवाहलाई पारदर्शी बनाउन यस्तो पोर्टल शुरु गरेको बैककले जनाएको छ ।

झुठो वा गलत सूचना प्रवाह गरी निष्पक्ष, विश्वसनीय र पारदर्शी वित्तीय मध्यस्थता सेवा लिन(दिन असहयोग गरेमा वा प्रचलित कानुन, नियम, निर्देशनको परिधि भन्दा बाहिर गई ग्राहकको अहित हुने कार्य गरेको वा गराएको लागेमा राष्ट्र बैंकमा आनलाइनबाट गुनासो निवेदन पेश गर्न सकिने छ ।

वित्तीय क्षेत्रका ग्राहकका गुनासो सम्बोधनका लागि नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नरका संयोजकत्वमा बनेको समितिले निश्चित फोन नम्बर, इमेल वा पोर्टलको माध्यमबाट प्राप्त गुनासोलाई सम्बोधन गर्नेछ ।

यस्तो छ गुनासो दर्ता गर्ने प्रक्रिया

सबैभन्दा पहिले वित्तीय संस्थासँग सम्बन्धित गुनासो दर्ता गर्न यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ आफ्नो विवरण भर्नुहोस्, कुन वित्तिय सेवा प्रदायक हो छान्नुहोस र गुनासोको विवरण राखेर सबमिट गर्नुहोस् ।

यति गरेपछि गुनासो दर्ता भएको जानकारी र दर्ता नम्बर इमेलमा प्राप्त हुनेछ । इमेलबाट सो जानकारी पाइसकेपछि यहाँ क्लिक गरी आफ्नो दर्ता नम्बर राखेर गुनासोको स्थिति थाहा पाउन सकिने छ । दर्ता भएको उक्त गुनासोको अन्तिम जानकारी इमेबाट गराइने छ ।

गुनासो दर्ता गर्ने प्रक्रियाः

१. गुनासो दर्ता गर्ने ।

२. गुनासो दर्ता भएको जानकारी र दर्ता नं. इमेल मार्फत प्राप्त हुनेछ ।

३. गुनासो दर्ता नं. द्वारा पेश गरिएको गुनासोको स्थिती थाहा पाउन सक्नेछ ।

४. यहाँ दर्ता भएको गुनासोको अन्तिम निर्णय इमेल मार्फत जानकारी गराइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here