करण केसीको विस्फोटक ब्याटिङले मलेसियालाई २१८ रनको विशाल लक्ष्य

काठमाडौं, ९ बैशाख । राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको हो।

नेपालले टि ट्वान्टीमा बनाएको यो दोस्रो सर्वाधिक रन हो । १३ औं सागमा नेपालले भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो । नेपालका लागि करण केसीले १३ बलमा सात छक्काको मद्दतमा ४५ रनको विस्फोटक इनिङ खेले ।

यस्तै, आसिफ सेखले ३२ बलमा ४२ रन बनाए । कुशल भुर्तेलले १२ बलमा १६, ज्ञानेन्द्र मल्लले २५ बलमा ४१ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले १७ बलमा ३३ रन जोड्दा कुशल मल्लले १९ र विनोद भण्डारीले ८ रन बनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here