दोहोरो अंकले बढ्यो नेप्से, धेरै कमाउनेमा ६ कम्पनीका लगानीकर्ता

काठमाडौं, ९ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । बुधबार ३२.४१ अंकले घटेको शेयर बजार कारोबारको अन्तिम दिन १५.८० अंकले बढेर २६४८.१ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१४ कम्पनीको ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८८७ रुपैयाँ बराबरको १ करोड ३० लाख ३२ हजार ८२३ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ११ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने २ वटा समूहको परिसूचक राताम्मे भएको छ ।

कारोबारमा आएका २१४ कम्पनीमध्ये १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४३ कम्पनीको मूल्यमा गिरावट आएको छ । १८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

बैंकिङ ९, ब्यापार ११, विकास बैंक ३८, जलविद्युत ४, फाइनान्स १, निर्जीवन बीमा ११४, उत्पादन ४७, अन्य २१, माइक्रोफाइनान्स ५३, जीवन बीमा ११४ अंकले बढेका छन्। होटल तथा पर्यटन समूह भने ५२ अंकले घटेको छ।

६ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विशाल बजार कम्पनी र सिन्धु विकास बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, महिला लघुवित्त, ग्रीन डेभलपमेण्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स र एनसीसी बैंकको शेयरमूय ९.९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here