पशुपतिनाथ मन्दिरमा भक्तजन प्रवेशमा रोक, नित्य पूजा नरोकिने

फाइलफोटो

काठमाडौं, ९ बैशाख । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पशुपति नाथ मन्दिरमा सर्वसाधारणले गर्ने पूजा र दर्शनमा रोक लगाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै बैशाख १० गतेदेखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा सर्वसाधारणले गर्ने पूजा र दर्शनमा रोक लगाएको हो ।

नेपाल सरकारले जारी गरेको आदेशानुसार शुक्रबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउने सूचनामा उल्लेख गरिएको छ ।

गत वर्षपनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि चैत ११ गते सरकारले बन्दाबन्दीको निर्णय गरेसँगै पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरुपमा बन्द गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here