पछिल्लो २४ घण्टामा २४२८ जनामा कोरोना पुष्टी, पाँचजनाको मृत्यु

काठमाडौं, ९ बैशाख । पछिल्लो २४ घण्टामा २४२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १० हजार १ जनाको पीसीआर परीक्षणबाट २३६५ जना र ४४७ एन्टिजेन परीक्षणबाट ६३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यही अवधिमा २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । ५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

नेपालसम्म २ लाख ७६ हजार ३४५ जना निको भएका छन् भने कुल संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । कुल मृतकको संख्या ३ हजार ११७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here