ला लिगा: मेस्सीको उत्कृष्ट प्रर्दशनले बार्सिलोना तेस्रो स्थानमा उक्लियो

काठमाडौं, १० बैशाख । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले गेटाफेलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई ५-२ गोल अन्तरले पराजित गर्दै बार्सिलोना तेस्रो स्थानमा उक्लिएको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसीले दुई गोल गरेका थिए । त्यस्तै रोनाल्ड अराउजो र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल गेटाफेका सोफियान चक्लाले आत्मघाती गोल गरेका थिए ।

घरेलु मैदान नोउ क्याम्पमा मेस्सीले खेलको आठौं मिनेटमै गोलको खाता खोलेका थिए । त्यसको चार मिनेटपछि नै क्लेमेन्ट लेङलेटले आत्मघाती गोल गर्दा गेटाफेले खेल बराबरीमा ल्यायो ।

तर गेटाफेका गोलरक्षक डेभिड सोरिया र सोफियन चाक्लाबीचको तालमेल नमिल्दा भएको आत्मघाती गोलमार्फत बार्सिलोनाले २८ औं मिनेटमा पुनः अग्रत बनायो । ३३ औं मिनेटमा मेस्सीले ब्यक्तिगत दोस्रो गोल गरी पहिलो हाफमा टिमलाई ३–१ को अग्रता दिलाए ।

६९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरी इनेस उनालले गेटाफेलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर अन्तिम ६ मिनेटमा रोनाल्ड अराउजो र एन्टोइन ग्रिजमनले गोल गरी टिमको शानदार जित निश्चित गरे ।

यो जितपछि बार्सिलोनाले सेभियालाई पछि पारी तेस्रो स्थानमा उक्लिएको छ । ३१ खेलबाट बार्सिलोनाको ६८ अंक छ । एक खेल बढी खेलेको रियल मड्रिडको ७० र एट्लेटिको मड्रिडको ७३ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here