काठमाडौं मलमा नेपाल बैंकको एटिएम र क्यु आर कोड सेवा

काठमाडौं, १० बैशाख । नेपाल बैंक र काठमाडौँ मल (दिवा सपना जेभी) क्युआर कोड र एटिएम प्रयोग गर्ने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारी र काठमाडौँ मल व्यवस्थापक कम्पनीको तर्फबाट प्रमूख व्यवस्थापक विष्णुहरु ढकालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपाल बैंकले मलका स्टलहरुमा भुक्तानीको लागि नेपाल बैंकको क्यु आर कोड प्रविधि जडान गर्ने छ भने मलको परिसरमा बैंकको एटिएम समेत जडान गर्ने छ ।

साथै बैंकले मलका व्यावसायिहरुलाई सहूलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने छ ।

बैंकले देशभर रहेका २०५ शाखा, ४१ एक्स्टेन्सन काउण्टर, १४६ वटा एटिएम सहित डिजिटल बैंकिङ्ग मार्फत् सेवा प्रदान गर्दै आईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here