साताको शेयर बजार: ३२ अर्ब ७९ करोडको कारोबार हुँदा रोजाइमा ‘निफ्रा’

काठमाडौं, १० बैशाख । धितोपत्र बजारमा यस साता ३२ अर्ब ७९ बढीको कारोबार भएको छ ।

यो साता दुई सय १६ वटा कम्पनीहरुको तीन लाख ७४ हजार पाँच सय ३१ पटकको कारोवारमा सात करोड २९ लाख १८ हजार नौ सय ६६ कित्ता शेयर किनबेच भएका छन ।

त्यसबाट कुल कारोबार ३२ अर्ब ७९ करोड ४६ लाख १३ हजार एक सय ७० रुपैयाँको भएको छ । यो कारोवार रकम गत साताको भन्दा धेरै हो ।

अघिल्लो साता २३ अर्ब ३९ करोड छ लाख ४७ हजार सात सय नौ रुपैयाँको करोबार भएको थियो । तीनदिनमात्र कारोबार भएको अघिल्लो साता रेकर्ड नै रकर्ड बनेको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा एनआईसी एशिया लघुबित्त बित्तीय संस्था, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक, एनसीसी बैंक आदि परेका छन ।

बढी शेयर कारोवार भएको संख्याको आधारमा एनसीसी बैंक, हिमाल दोलखा हाईड्रो पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, लगायतका कम्पनीहरु परेका छन ।

यो साता नेप्से पाँच दिन खुल्ला रहेकोमा पहिलो, दोस्रो र चौथो दिन घटेको थियो भने तेस्रो र पाँचौं दिन नेप्से बढेको थियो । यो साता नेप्से २६ सय ४८ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि चार सय ७६ दसमलव ६० अंकमा पुगेको छ ।

पूँजीकरणका आधारमा आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक अगाडि परेका छन ।

शेयर सुचीकरण तर्फ भने यो साता नेपाल इन्भेष्टमेन्ट बैंक, गरिमा बिकास बैंक, नागरिक लगानी कोष, साना किसान लघुुबित्त बित्तीय संस्था सहितका झण्डै एक दर्जन कम्पनीहरुको बोनस एवं हकप्रद सेयर सुचीकृत भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here