मास्क कसरी लगाउने, यी हुन् ध्यान दिनुपर्ने कुरा

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको दोस्रो लहर तीव्र रुप फैलिँदै गर्दा सरकारले सर्वसाधारणलाई मास्क लगाउन प्रोत्साहन गरिरहेको छ ।

पछिल्लो समय सबैका लागि मास्क अत्यावश्यक भइसकेको छ। स्वास्थ्य मन्त्रालयले पटक–पटक सबैलाई मास्कको प्रयोग गर्न सुझाव दिँदै कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेत गराउँदै आइरहेको छ।

प्राय सबै मानिसहरुले मास्कको प्रयोग गरिरहेका छन् । तर, मास्क लगाउदा पनि धेरै कुरामा ध्यान दिनुपर्छ । मास्क लगाउदा निम्न कुरामा ध्यान दिएनौं भने मास्क लगाउनु र नलगाउनुमा कुनै भिन्नता हुँदैन् ।

यस्ता छन् मास्क लगाउदा ध्यान दिनुपर्ने कुराः

१. मास्कको गुणस्तरमा ध्यान दिनुपर्छ ।

२. मास्क लगाउनुभन्दा पहिले साबुनपानी र सेनिटाइजले राम्रोसंग हात धुनुपर्छ ।

३. मास्कले नाक तथा मुखलाई राम्रोसंग ढाक्नुपर्छ ।

४. प्रयोग गरिरहेको मास्कलाई जथाभावी छुनुहुँदैन् ।

५. सकेसम्म एकपटक प्रयोग गरिसकेको मास्क दोस्रोपटक प्रयोग गर्नुहुदैन् ।

६. प्रयोग गरेको मास्कको अगाडीपट्टिको भागलाई नछोई पछाडीबाट निकालेर उचित ठाउँमा फाल्नुपर्छ ।

७. अन्त्यमा पुनः साबुन पानीले हात धुनुपर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here