थप २५५९ जनामा कोरोना पुष्टी, ४१० जना संक्रमणमुक्त

काठमाडौं,१० बैशाख । पछिल्लो २४ घण्टामा २५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ७९८ जनाको पीसीआर परीक्षणबाट २४५९ जना र ८६६ एन्टिजेन परीक्षणबाट ११० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४१० जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ७६ हजार ७५५ जना पुगेको छ । ५ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार १२२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here