कोरोनाबाट थप १४ को मृत्यु, २६१८ जना संक्रमित

काठमाडौ,११ बैशाख । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९)बाट थप १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार मात्र १४ जनाको मृत्यु भएको हो । साथै परीक्षणमा २ हजार ६ सय १८ जनामा संक्रमण देखिएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ६ सय ६८ नमुनाको पीसीआर टेष्ट गर्दा २ हजार ४ सय ८६ जना र सीमा नाकाहरुमा ११ सय ४३ जनाको एन्टिजेन टेष्ट गर्दा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै मृतकको संख्या ३ हजार १ सय ३६ र संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।

मन्त्रालयका अनुसार सबभन्दा धेरै काठमाडौं उपत्यकामा ६ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी बाँकेमा थप ३ सय ५२, रुपन्देहीमा २ सय ६८, दाङमा १ सय ७२ जनामा कोरोना संक्रमण देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here