रियल म्याड्रिडको उपाधि होडमा धक्का

काठमाडौं, १२ बैशाख । रियल म्याड्रिडको उपाधि होडमा धक्का लागेको छ।

गएराति भएको खेलमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएसँगै रियल म्याड्रिडको उपाधि होलमा धक्का लागेको हो

।बराबरीपछि शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा रियल दुई अंकले पछि परेको छ। बराबरीपछि दोस्रो स्थानको रियल मड्रिडको ३३ खेलबाट ७१ अंक भएको छ।
एक खेल कम खेलेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ७३ तथा दुई खेल कम खेलेको तेस्रो स्थानको बार्सिलोनाको ६८ अंक छ।

एक खेल कम खेलेको एथ्लेटिकोले आइतबार एथ्लेटिक बिल्बाओको सामना गर्दै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here