काठमाडौं, १२ बैशाख । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २९ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रीदर २९ रुपैयाँ २७ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ९७ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९९ रुपैयाँ ५६ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रीदर ३३ रुपैयाँ ५ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६६ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६७ रुपैयाँ ४ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १९ रुपैयाँ १५ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।