११५५ बजार मूल्य रहेको आरएमडीसीको शेयर ४३७ रुपैयाँमा किन्ने अवसर !

काठमाडौं, १२ बैशाख । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर लिलाम बिक्री खुल्ला गरेको छ ।

लघुवित्त ३ लाख ९३ हजार ८०१ कित्ता शेयर बिक्रीको लागि बोलपत्र खुलाएको हो । जसको मूल्य प्रति कित्ता रु ४३७ रुपैयाँ तोकको छ ।

बैशाख २० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।

शेयर आवेदन विद्यमान संस्थापक शेयरधनी, जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले शेयर किन्न सक्ने छन् ।

बोलपत्र आवेदन एन आई सी एशिया क्यापिटल बाट प्राप्त गरी सोही कार्यालयमा बुझाउन सकिने छ । अहिले शेयर एन आई सी एशिया बैंकको स्वामित्वमा रहेको कम्पनीले जनाएको छ ।

आइतबार १२ बजेसम्ममा आरएमडीसी लघुवित्तको शेयर २४ रुपैयाँ घटेर ११५१ रुपैयाँमा कारोबार भै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here