शेयर बजारमा पहिरो, नेप्से ७५.७९ अंकले घट्यो

काठमाडौं, १२ बैशाख । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आइतबार नेप्से ७५.७९ अंकले घटेर २५७२.२१ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१५ कम्पनीको ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ रुपैयाँ बराबरको १ करोड ४६ लाख ९० हजार ७२० कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये सबै परिसूचक राताम्मे भएका छन् ।

आज कारोबारमा आएका २१५ कम्पनीमध्ये जम्मा ८ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ३९ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा ज्योति लाइफ इन्स्योरेन्स ३३ करोड र माथिल्लो तामाकोशीको २५ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य उच्च बृद्धि हुनेमा बिशाल बजार कम्पनी र महिला लघुवित्त वित्तिय संस्था रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here