उपत्यकाका तीनवटै जिप्रकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द

काठमाडौं, १२ बैशाख । काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले महामारीको दोस्रो चरणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनहरूले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने निर्णय गरेका हुन् । उक्त निर्णय सोमबारदेखि लागू हुनेछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीद्धार जारी विज्ञप्तिमा शान्ति–सुरक्षा, सम्बन्धि लगायत नगरी नहुने काम मात्र सञ्चालन हुने र अन्य सेवा बन्द गर्ने जानाकारी दिइएको छ ।

नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, संघ–संस्था दर्ता, नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम बन्द गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here