काठमाडौं, १२ बैशाख । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर २८ जना संक्रमितको मृत्यु भएको हो ।
यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १६४ पुगेको छ ।