तेक्वान्दोमा अन्तर्राष्ट्रिय पदक जित्ने अनुज्ञालाई सम्मान

काठमाडौँ, २४ जेठ । काठमाडौँ बुद्धनगरस्थित काब्य स्कुलले अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्णपदक जित्ने छात्रालाई सम्मान गरेको छ ।

स्कुलले बिहीबार एक कार्यक्रम आयोजना गरी भुटानको थिम्पुमा सम्पन्न पाचौं अन्तर्र्रािष्ट्रय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्णपदक जित्ने काब्य स्कुलमा अध्ययनरत अनुज्ञा सापकोटालाई सम्मान गरेको हो ।

कक्षा १० मा अध्ययनरत सापकोटाले महिला ४२ केजी जुनियर तौल समूहमा स्वर्णपदक जितेकी थिइन् ।कक्षा १ देखि स्कुलकै तेक्वान्दो क्लबमा रहेर रामकृष्ण श्रेष्ठको प्रशिक्षणमा रहेकी सापकोटालाई स्कुलका प्रधानाध्यापक नवराज बास्कोटाले सम्मान गरेका हुन् ।

आफ्ना विद्यार्थीले स्कुलको गरिमा अन्तर्राष्ट्रिय जगतमा नै राख्न सफल भएको भन्दै विद्यार्थीहरुलाई पढाई लेखाईसँगै अतिरिक्त क्रियाकलापको वातावरण सकेसम्म अझै फराकिलो बनाउन सहयोग पुर्याउने प्रधानाध्यापक बास्कोटाले बताए ।

त्यस्तै, स्कुलका स्पोट्र्स इन्चार्ज प्रज्वलप्रताप क्षेत्रीले विद्यालयमा अनुज्ञा जस्ता अरु विद्यार्थीहरु पनि रहेकोले उनीहरुलाई पनि आगामी दिनमा त्यस्ता प्रतियोगितामा सहभागिताको लागि सहयोग गर्ने बताए ।

विद्यालय तथा राष्ट्रियस्तरको प्रतियोगिताबाट पनिथुप्रै उपाधिजितेकी अनुज्ञा काब्य स्कुल तेक्वान्दो क्लबको कप्तान समेत हुन् । काब्यको तेक्वान्दो क्लबमा ६० छात्र तथा २० छात्रा गरी ८० जनाले प्रशिक्षण गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here