स्कुल कलजेका सबै परीक्षा स्थगित

काठमाडौं, १२ बैशाख । सरकारले विद्यालय तथा विश्वविद्यालयहरुले सञ्चालन गरिरहेका र सञ्चालनको योजना बनाएका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिकरुपमा हुने पूर्वनिर्धारित सबै प्रकारका परीक्षाहरु अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

भौतिक उपस्थिति नभइ भर्चुअल र वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न पनि सीसीएमसीले निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here