एनएमबि बैंकको कन्ट्याक्टलेस कार्डबाट बस भाडा तिर्न सकिने

काठमाडौं, १२ बैशाख । एनएमबि बैंकले कोरोनाभाइरस महामारीमा सुरक्षाको आवश्यकतालाई ध्यानमा राखेर बस भाडा तिर्नको लागी कन्ट्याक्ट लेस कार्ड जारी गरेको छ ।

घरमै बसी ओम्नी च्यानलमार्फत खातालगायत विविध बैंकिङ्ग सेवाको सफलतापूर्वक सञ्चालन भएसंगै कोभिडबाट सुरक्षाको साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक ईन्टरनेशनलसँग सहकार्य गर्ने गरी समझदारी गरेको पनि उसले बताएको छ ।

उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दूरीका आधारमा बस भाडा स्वतः गणना हुनेछ र सो भाडा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।

यस्तै प्रकारको भुक्तानी प्रणाली विश्वको विकसित मुलुकको शहरहरुमा प्रयोग भईरहेको बैंकले बताएको छ ।

हाल संयुक्त यातायात र मत्स्य राजधानीका २० वटा बसमा यो सुविधा उपलब्ध भईरहेकोे र अरु विभिन्न बस ब्यवसायीसँग सहकार्य गरी सुविधा विस्तार गरिने बैंकको भनाइ छ ।

एनएमबि बैंकले हाल देशभरी १ सय ८१ शाखा, १ सय ३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा दिंदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here