यी हुन् ५ सयभन्दा बढी संक्रमित रहेका ९ जिल्ला, जहाँ हुँदैछ निषेधाज्ञा !

फाइलफोटो

काठमाडौं, १२ बैशाख । सरकारले काठमाडौंसहित ९ जिल्लामा निषेधाज्ञाको तयारी थालेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरमा ५ सय र पहाडमा २ सयभन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा गर्नुपर्ने सिफारिस गरेसँगै उक्त तयारी थालेको हो ।

मन्त्रीपरिषद वैठकले सीसीएमसीको सिफारिसलाई स्वीकृत गर्न बाँकी छ । उक्त निर्णय स्वीकृत भएकमा काठमाडौंसहित ९ जिल्लामा निषेधाज्ञा १५ गतेदेखि निषेधाज्ञा हुनेछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म ९ जिल्लामा सक्रिय संक्रमितको संख्या पाँचसय नाघेको छ ।

ती मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके र रुपन्देही हुन् ।

यी मध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा संक्रिय संक्रमितको संख्या ६ हजार ५ सय २८ पुगेको छ भने दोस्रोमा बाँकेमा सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ३९ पुगेको छ ।

तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ललितपुरमा १ हजार ३ सय ५१, रुपन्देहीमा १ हजार ३ सय १३, पर्सामा ६ सय ४३, भक्तपुरमा ६ सय १३, कास्की ६ सय १३, मोरङमा ५ सय ६१ र दाङमा ५ सय ५७ पुगेको छ ।

बाँकेमा भोलिदेखि एकसातासम्म निषेधाज्ञाको घोषणा गरिएको छ भने रुपन्देहीमा भोलिदेखि नै लागु हुने गरी जोरबिजोर प्रणाली लागु गरिँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here