नेपालको टि-२० वरियतामा सुधार

काठमाडौं, १३ बैशाख । नेपालको वरियतामा एक स्थान सुधार भएको छ ।

घरेलु मैदानमा टि-२० अन्तर्राष्ट्रिय सिरिज जितेको नेपाल अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसीले) को टि-२० वरीयतामा एक स्थान माथि उक्लिएको छ ।

आइसिसीले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल टि-२० तर्फ नेपाल १४औँ स्थानमा रहेको छ । यसअघि नेपाल १५औँ स्थानमा रहेको थियो ।

घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टि-२० सिरिजको उपाधि जितेपछि नेपालको वरियतामा सुधार भएको हो । नेपालको टि-२० मा उत्कृष्ट वरियता ११औँ स्थान हो ।

नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत र तेस्रोमा अष्ट्रेलिया रहेका छन् । चौँथोमा पाकिस्तान र पाँचौँमा न्युजिल्याण्ड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here