मध्यभोटेकोशी जलविद्युतले बैशाख २१ देखि आइपीओ निष्काशन गर्ने

काठमाडौं, १३ बैशाख । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले वैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई प्राथमिक साधरण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित सिन्धुपााल्चोकका वासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

निष्काशन हुने कुल आइपीओमध्ये भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविकको लिस्ती र मार्मिड. गाविस), बाह्रविसे नगरपालिका वडा नं. ५ र ६ (साविकको गाती गाविस) र बाह्रविसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाड. र मानेश्वर गाविस) का स्थानीयका लागि ३० प्रतिशत अर्थात् १८ लाख कित्ता र बाँकी ४२ लाख कित्ता (७० प्रतिशत) जिल्लाका अन्य क्षेत्रका वासिन्दाका लागि छुट्याइएको छ ।

स्थानीयले कम्पनीको शेयर मा आगामी जेठ ४ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर विक्री नभएका जेठ २० गतेसम्म आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ४०० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

कम्पनीले धितोपत्र बोर्डबाट डेढ अर्ब बराबरको १ करोड ५० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । पहिलोचरणमा स्थानीयका लागि सेयर जारी गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि शेयर जारी गर्नेछ ।

कम्पनीले यस अघि नै संचय कोषका संचयकर्ता, कम्पनीको संच्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको मध्यभोटेकोशी आयोजना निर्माण गरिरहेको छ । यो कम्पनीमा चिलिमेको मुख्य लगानी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here