कर्जा विस्तारमा बैंकहरु आक्रामक, निक्षेप संकलन घट्यो

काठमाडौं, १३ बैशाख । पछिल्लो समय बाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । आर्थिक गतिविधि बढ्दै जाँदा बैंकहरुको कर्जा विस्तार आक्रमक रुपमा बढाएका हुन् ।

उद्योगधन्दा, व्यापार व्यवसायले गतिपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन गर्ने भन्दा कर्जाको माग गर्ने धेरै देखिएको छ ।

बैशाख महिनाको पहिलो सातामा मात्रै बाणिज्य बैंकहरुले १८ अर्बले कर्जा विस्तार गरेका छन् । जवकी यहि सातामा ५ अर्बले मात्रै निक्षेप बढेको छ ।

पछिल्लो समय राजश्वको रुपमा सरकारी कोषमा रकम थुप्रिएको तर सरकाले पुँजीगत खर्च बढाउन नसक्दा बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएको छ ।

बैशाख १० गते सोमबारको तथ्याङ्क अनुसार चैत ३१ गतेसम्म बैंकहरुमा ३९ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा बैशाख १० गतेसम्म आउँदा ३९ खर्ब २२ अर्ब रुपैयाँमा झरेको छ। १० दिनमै वाणिज्य बैंकहरुमा २२ अर्ब रुपैयाँ निक्षेप घटेको छ।

बैशाख ३ गते शुक्रबार बैंकहरुको कुल निक्षेप ३९ खर्ब २७ अर्ब र कर्जा लगानी ३५ खर्ब ६५ अर्ब रहेको थियो । एक सातामा निक्षेप ५ अर्बले घट्दा कर्जा लगानी भने १८ अर्बले बढेको छ ।

वैदेशिक रोजगारमा गएका नेपालीले पढाउने रेमिट्यान्स बढिरहेको छ । साथै साथै कोभिड १९ का कारण होटल तथा मनोरञ्जनका क्षेत्रहरु बन्द हुँदा निक्षेपकर्ताको पैसा जोगिरहेको छ ।

बैंकिङ प्रणालीमा तरलता कायमै रहेकाले बैंकहरुले निक्षेप संकलनमा भने खासैध्यान दिएका छैनन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here