६५.५८ अंकले शेयर बजार खुम्चिँदा सबै उपसमूहहरू राताम्मे

काठमाडौं, १३ बैशाख । साताको दोस्रोदिन सोमबार पनि शेयर बजार राताम्मे देखिएको छ ।

सबै उपसमूहहरू राताम्मे देखिदा शेयर कारोबार मापक नेप्से परिसूचक ६५ दशमलव ५८ अंकले घटेको हो । त्यसदिन नेप्से परिसूचक २५०६.६१ विन्दुमा झरेको हो ।

यस साता दुई दिनमै १४० अंकले घटेको छ । पछिल्लो ७ कारोबार दिनमा नेप्से २४० भन्दा बढी अंकले घटिसकेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२० कम्पनीको ६ अर्ब ५९ करोड ९ लाख २८ हजार २०२ रुपैयाँ बराबरको १ करोड २९ लाख ११ हजार ७२१ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये सबै परिसूचक राताम्मे भएका छन् ।

सबै समूहहरु ओरालो लागेका छन्। बैंकिङ ४०, ब्यापार १२७, होटल तथा पर्यटन ७१, विकास बैंक ८८, जलविद्युत ९९, फाइनान्स २७, निर्जीवन बीमा ३८४, उत्पादन ९५, अन्य ५४, माइक्रोफाइनान्स ११२, लगानी २ र जीवन बीमा ३५९ अंकले घटे।

निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३८४.५३ अंकले घटेको छ । आज कारोबारमा आएका २२० कम्पनीमध्ये जम्मा २० कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्यमा गिरावट आएको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको ३१ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा निफ्रा २५ करोड र नेपाल पुनर्बीमा कम्पनीको २० करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य उच्च बृद्धि हुनेमा बिशाल बजार कम्पनी र महिला लघुवित्त वित्तिय संस्था रहेका छन् ।

गुमाउनेमा रिलायन्स फाइनान्स, छ्याङ्दी हाइड्रोपावर र सिन्धु विकास बैंकका लगानीकर्ता अगाडि रहे। रिलायन्सको मूल्य ८ प्रतिशतले घटेको छ भने छ्याङ्दी र सिन्धु विकासको मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here